विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ३१० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला ३ लाख १७ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ७२० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको थियो ।







