विराटचोकः आज शेयर बजारमा उतारचढाव देखिएको छ । प्रि ओपनमा उच्च अंकले बढेको बजारमा त्यसपछि उतारचढाव देखिएको हो । बजार छिनमै घट्ने र छिनमै बढ्ने गर्दा कारोबार रकम उच्च भएको छ । एक घण्टामै १० अर्ब ८९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार दिउँसो १२ बजेसम्ममा नेप्से सूचक २ प्रतिशत अर्थात् ५७ दशमलव ७१ अंक घटेको छ । सो अवधिमा १० अर्ब ८९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै ङादी ग्रुप पावरको ४६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उच्च कारोबार गर्ने अन्य कम्पनीमा रिडी पावर, आँखु खोला जलविद्युत कम्पनी, शिवम् सिमेण्ट र कुमारी बैंक रहेका छन् ।







