Sunday, November 1, 2026
Homeखेलकुदमझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, फेदाप गाउँपालिका तेह्रथुम उपविजेता

मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, फेदाप गाउँपालिका तेह्रथुम उपविजेता

मादीः संखुवासभाको मादी नगरपालिका वडा नम्बर ३ मूलखर्कमा आयोजित प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उपाधि ललितपुरको सातदोबाटो युथ क्लबले जितेको छ । फेदाप गाउँपालिका उपविजेता बनेको छ ।

आज सम्पन्न फाइनलमा तेह्रथुमको फेदाप गाउँपालिका, पोक्लावाङलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सातदोबाटोले उपाधि हात पारेको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

उपाधिसँगै सातदोबाटोले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फेदाप गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सातदोबाटोकी कप्तान वर्षा मगर घोषित भइन् । उनले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि ओखलढुंगाको पदमा स्पोट्र्स क्लबकी सिम्राङ गुरुङले प्राप्त गरिन् । उत्कृष्ट गोलरक्षक सातदोबाटोकी अस्मिता नेपाली घोषित भइन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहमा प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की प्रमुख अतिथि तथा मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमी सभाध्यक्ष रहेका थिए ।

स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सहआयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा आठ टोली सहभागी थिए ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी फेदापकी गोलरक्षक करुणा बुढाथोकी प्लेयर अफ द म्याच घोषित भइन् ।

प्रतिष्ठानका अनुसार प्रतियोगिता प्रत्येक तीन वर्षको अन्तरालमा आयोजना गरिनेछ ।

यसअघि शुक्रबारका लागि तय गरिएको फाइनल खेल निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण स्थगित भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments