विराटचोकः फागनु २१ गते भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनको समानुपातिकतर्फ १ करोड ५ लाख मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ५० हजार ४९८ मत ल्याएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख १२ हजार ३७५ मत ल्याएको छ ।
नेकपा एमालेले १४ लाख २९ हजार ७२३ मत ल्याएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ७८ हजार ८६८ मत ल्याएको छ ।
श्रम संस्कृति पार्टीले ३ लाख ६७ हजार ७०, तथा राप्रपाले ३ लाख २७ हजार २३ मत ल्याएका छन् ।
अन्य कुनै पनि दलले ३ प्रतिशत मत कटाउन सकेका छैनन् ।







