इटहरीः सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मत ल्याएर विजयी हुँदै प्रतिनिधि सभा सदस्य चुनिनुभएको छ ।
अन्तिम मत परिणामअनुसार थापाले नेपाली कांग्रेसका राजीव कोइरालालाई पराजित गर्नुभएको हो । कोइरालाले १६ हजार ७१ मत ल्याउँदा नेकपा एमालेका सुजन लामाले ८ हजार ३०३ मत ल्याउनुभयो ।
श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ४८४ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरीले १ हजार ८१६ र राप्रपाका दिनेशकुमार बस्नेतले १ हजार २८७ मत ल्याउनुभएको छ ।
बाँकी उम्मेद्वारले ७३५ भन्दा कम मत ल्याउनुभएको छ ।
सुनसरी २ मा गत निर्वाचनमा नेकपा एमालेका भीमप्रसाद आचार्य ३२ हजार २४ मतसहित विजयी भएका हुन् ।







