Sunday, November 1, 2026
Homeकला र साहित्यविमल गुरुङ कृति पुरस्कार जुनु रानाको ‘लाहुरेनी सौन्दर्य’ र भूपिन खड्काको ‘मध्यको...

विमल गुरुङ कृति पुरस्कार जुनु रानाको ‘लाहुरेनी सौन्दर्य’ र भूपिन खड्काको ‘मध्यको उज्यालो’लाई

धरानः हङकङलाई कर्मथलो बनाइरहेकी कवि तथा लेखक जुनु रानाको हालै प्रकाशित निबन्धसंग्रह ‘लाहुरेनी सौन्दर्य’ र चितवनका कवि तथा लेखक भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ले संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ प्राप्त गर्ने भएका छन् ।

स्रष्टा जुनु राना नारीवादी आवाजलाई प्रखर रुपमा उठान गर्ने लेखकको रुपमा परिचित छिन् । यसअघि उनको ‘रातो नदी’ कवितासंग्रह प्रकाशित भएको थियो ।

चितवनका खड्काको यसअघि चार कविता संग्रह, एक आख्यान र एक निबन्ध संग्रह प्रकाशित छन् ।

विमल गुरुङ कृति पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।

यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५ औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा राना र खड्कालाई पुरस्कार तथा ताम्रपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments