विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज थेबे १३ हजार ९६२ मत ल्याएर विजयी हुनुभएको छ ।
निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५, श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ र रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारले २३५ भन्दा कम मत ल्याउनुभएको छ ।
ताप्लेजुङमा अघिल्लो निर्वाचनमा नेकपा एमालेका योगेशकुमार भट्टराई २१ हजार ९४३ मत ल्याएर विजयी हुनुभएको थियो ।







