विराटचोकः सामाजिक अभियन्ताको छवि बनाएकी रास्वपाकी उम्मेद्वार आशिका तामाङ धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट ३९ हजार १२८ मत ल्याएर विजयी हुनुभएको छ ।
अन्तिम मत परिणामअनुसार तामाङका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ र नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारले ४७० भन्दा कम मत ल्याउनुभएको छ ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे ३६ हजार १८ मत ल्याएर विजयी हुनुभएको थियो ।







