विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयनको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । अब गणना भइरहेका क्षेत्रमा कांग्रेसको अग्रता नभएकाले प्रत्यक्षतर्फ उसले थप सिट पाउने सम्भावना कम छ । अहिले अग्रता नलिएका क्षेत्रमा अन्तिम समयमा कांग्रेसले बढी मत ल्याएमा थप सिट जित्ने सम्भावना हुन्छ ।
नेपाली कांग्रेसले मनाङ, मुस्ताङ, हुम्ला, रसुवा, मुगु, अछाम, तेह्रथुम, दैलेख, सोलुखुम्बु, पाँचथर, डोटी, बाजुरा, पाल्पा, जाजरकोट, कपिलवस्तु ३, सुर्खेत १ र रौतहट २ मा जीत हासिल गरेको छ ।
प्रत्यक्षतर्फ दोस्रो ठूलो दल भएको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि दोस्रो ठूलो दल हुने भएको छ । समानुपातिकतर्फ गनिएको ३८ लाखमध्ये कांग्रेसले साढे ६ लाख अर्थात् १६ प्रतिशत मत पाएको छ ।







