Sunday, March 8, 2026
Homeराजनीतिमोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपाने विजयी

मोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपाने विजयी

उर्लाबारीः मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेद्वार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ । २७ हजार ३६७ मत ल्याएर न्यौपाने विजयी हुँदा श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत ल्याउनुभयो ।

नेपाली कांग्रेसका खड्गबहादुर फागोले ११ हजार ९८६, नेकपा एमालेका घनश्याम खतिवडाले ९ हजार ८२३, नेपाली कम्युनिष्ट पार्टीका कुलप्रसाद साम्बाले २ हजार २२४ र मंगोल नेशनल अर्गनाइजेशनका सुरज लिम्बूले १ हजार ६८ मत ल्याउनुभयो ।

अन्य उम्मेद्वारले ९०० भन्दा कम मत ल्याउनुभएको छ ।

मोरङ १ मा गत निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू २७ हजार २९७ मत ल्याएर विजयी हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments