Sunday, March 8, 2026
Homeराजनीतिकांग्रेस सभापति गगन थापालाई पराजित गर्दै सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह...

कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी

विराटचोकः चर्चामा रहेको सर्लाही ४ मा नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापालाई पराजित गर्दै रास्वपाका अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।

गत निर्वाचनमा पनि सो क्षेत्रबाट अमरेशकुमार सिंह नै स्वतन्त्र उम्मेद्वारको रुपमा उठ्दा २० हजार १७ मत ल्याएर निर्वाचन जित्नुभएको थियो ।

यस पटक विजयी सिंहले ३५ हजार ६८८ मत ल्याउँदा नेपाली कांग्रेसका थापाले २२ हजार ८३१ मत ल्याउनुभएको छ ।

नेकपा एमालेका अमनिशकुमार यादवले ९ हजार ३४३, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ५७२, नेपाली कम्युनिष्ट पार्टीका रजनीश रायले १ हजार ४०१ मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ४६० भन्दा कम मत ल्याउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments