Sunday, March 8, 2026
Homeराजनीतिइलाम २ मा एमालेका सुहाङ नेम्वाङको दोस्रो जीत

इलाम २ मा एमालेका सुहाङ नेम्वाङको दोस्रो जीत

विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ ।

२०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट सुहाङका बुबा सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको थियो । उहाँको निधनपछि भएको उपनिर्वाचनमा उहाँका छोरा सुहाङ विजयी हुनुभएको थियो । यस पटक पनि सुहाङ नै विजयी हुनुभएको हो ।

प्राप्त अन्तिम मतपरिणामअनुसार विजयी नेम्वाङले २२ हजार ४२६ मत ल्याउँदा प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत ल्याउनुभएको छ ।

श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४००, रास्वपाका गोकुलबहादुर राईले ७ हजार ८१४ र नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ८६० भन्दा कम मत ल्याउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments