विराटचोकः कडा टक्करका बीच ओखलढुङ्गामा रास्वपाका उम्मेद्वार विश्वराज पोखरेलले नेपाली कांग्रेसका उम्मेद्वार कुमार लुइँटेललाई पराजित गरेका छन् । पोखरेलले लुइँटेललाई ५ मतले पराजित गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार रास्वपाका पोखरेल १३ हजार ९५३ मतसहित विजयी हुँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए ।
नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत, एमालेकी अस्मिता थापाले १० हजार ७२० मत, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३ हजार ८५८ मत र उज्यालो नेपाल पार्टीकी किशोरी कार्कीले ९६५ मत ल्याएका छन् ।
अन्य उम्मेद्वारले २२५ भन्दा कम मत ल्याएका छन् ।
ओखलढुङ्गामा गत निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडा ३३ हजार ५५६ मत ल्याएर विजयी भएका थिए ।







