Sunday, March 8, 2026
Homeराजनीतिराप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका प्रकाश पाठक...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी

विराटचोकः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भन्दा दोब्बर मत ल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक विजयी हुनुभएको छ ।

विजयी पाठकले ३८ हजार ६७४ मत ल्याउनुभएको थियो । प्रमुख प्रतिष्पर्धी राप्रपा अध्यक्ष लिङ्देनले १७ हजार २९४ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ मत ल्याउनुभएको छ ।

नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिमल्सिनाले ७ हजार ३३९ र नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले १ हजार ४५० मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ५४० भन्दा कम मत ल्याउनुभएको छ ।

अघिल्लो निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ४० हजार ६६२ मत ल्याई विजयी हुनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments