फिदिमः प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत पाँचथर जिल्लाको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । केरुङले १७ हजार २३३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत ल्याउनुभएको छ ।
नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङले ११ हजार ४४३, रास्वपाका महेन्द्रविक्रम थाम्सुहाङले ४ हजार १९७, राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले २ हजार ८२५ मत पाउनुभएको छ ।
अन्य उम्मेद्वारले १००० भन्दा कम मत ल्याउनुभएको छ ।
गत निर्वाचनमा पाँचथरबाट नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ३२ हजार १३५ मत ल्याएर विजयी हुुनुभएको थियो ।







