विराटचोकः फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका अर्बपति विनोद चौधरीलाई पराजित गर्दै रास्वपाका विक्रम खनाल निर्वाचित हुनुभएको छ ।
अन्तिम मतपरिणामअनुसार विजयी खनालले ४५ हजार २४१ मत पाउँदा निकटतम प्रतिष्पर्धी चौधरीले ९ हजार ५०२ मत ल्याउनुभएको छ ।
नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टीका ह्दयेश त्रिपाठीले ७ हजार ८३२, राप्रपाका नवनीतकुमार मिश्रले १ हजार ५९३ र नेपाली कम्युनिष्ट पार्टीका सिन्धु जलेसा बुढाथोकीले १ हजार ५६ मत पाउनुभएको छ ।
अन्य उम्मेद्वारले ७६० भन्दा कम मत पाउनुभएको छ ।
गत निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका विनोदकुमार चौधरी २९ हजार ५१९ मत ल्याएर विजयी हुनुभएको थियो ।







