विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी हुनुभएको छ ।
विजयी कार्कीले १३ हजार १६६ मत ल्याउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीका असिम राईले ९ हजार ४१४, नेकपा एमालेकी कल्पना राईले ८ हजार २२८, रास्वपाका ऋषिधन थुलुङ राईले ३ हजार ६४२ र श्रम संस्कृति पार्टीका वियस राईले ३ हजार ३६३ मत ल्याउनुभएको हो ।
अन्य उम्मेद्वारले २८० भन्दा कम मत ल्याउनुभएको छ ।
गत निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका मानवीर राई १९ हजार ३२४ मतसहित विजयी हुनुभएको थियो ।







