बेलबारीः प्रतिनिधि सभा चयनका लागि बिहीबार भएको निर्वाचनबाट मोरङ क्षेत्र नम्बर ३ मा रास्वपाका गणेश कार्की विजयी हुनुभएको छ । नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मालाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।
विजयी कार्कीले ३६ हजार ९२४ मत ल्याउँदा नेपाली कांग्रेसका शर्माले २४ हजार ३५४ मत ल्याउनुभएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसका शर्मा विजयी हुँदा ४८ हजार ६३१ मत ल्याउनुभएको थियो । अघिल्लो पटक पाएको मतभन्दा आधा मत शर्माले पाउनुभएको हो ।
त्यसैगरी, श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९, नेकपा एमालेका इरनकुमार राईले ७ हजार ७५२, नेपाली कम्युनिष्ट पार्टीका डा. देउमान सम्बाहाम्फेले १ हजार २५९ मत पाउनुभएको छ ।
राप्रपाका प्रेमप्रसाद सुवेदीले ७३३, मंगोल नेशनल अर्गनाइजेशनका विकेन्द्र राईले ६४७, उज्यालो नेपाल पार्टीका मित्रसेन योञ्जनले ६४३, नेपाल कम्युनिष्ट पार्टी माओवादीका खड्गबहादुर कार्कीले १४२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डिल्लीबहादुर जबेगूले १२९, संयुक्त नागरिक पार्टीका विदुर अधिकारीले ८८ र नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारुले ५३ मत ल्याउनुभएको छ ।
आम जनता पार्टीका कमलकुमार राईले ५१, जय मातृभूमि पार्टीका नवराज मास्केले ४९, स्वतन्त्र उम्मेद्वार गणेश मिश्रले ४४, राष्ट्रिय ऊर्जाशील पार्टीका भुवनकुमार वाग्लेले ३१, स्वतन्त्र उम्मेद्वार तेजप्रसाद भण्डारीले ३० र जनता समाजवादी पार्टीका मजेबुल रहमानले १८ मत पाउनुभएको छ ।







