Sunday, March 8, 2026
Homeराजनीतिहुम्लाबाट कांग्रेसका जयपति रोकाया विजयी

हुम्लाबाट कांग्रेसका जयपति रोकाया विजयी

विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट हिमाली जिल्ला हुम्लामा नेपाली कांग्रेसका जयपति रोकाया निर्वाचित हुनुभएको छ ।

विजयी रोकायाले ८ हजार ७९७ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत ल्याउनुभएको छ । नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ र रास्वपाकी टासी ल्हान्जोमले १ हजार ६४ मत ल्याउनुभएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत ल्याउनुभएको छ ।

गत निर्वाचनमा हुम्लाबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका छिरिङ डम्डुल लामा भोटे १४ हजार ३७१ मत ल्याएर विजयी हुनुभएको थियो । ३ जनामात्रै उम्मेद्वार रहेको २०७९ को निर्वाचनमा नेकपा एमालेका दल रावलले ९ हजार ५१६ र राप्रपाका तेजबहादुर रावतले ३७८ मत ल्याउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments