Sunday, March 8, 2026
Homeफिचररास्वपाले १०० सिट जित्दा २५ स्थानमा अगाडि, समानुपातिकमा साढे १० लाख मत

रास्वपाले १०० सिट जित्दा २५ स्थानमा अगाडि, समानुपातिकमा साढे १० लाख मत

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका १६५ सिटमध्ये १०० सिट जितेको छ भने मतगणना भइरहेका २५ सिटमा रास्वपा अगाडि छ । समानुपातिकमा रास्वपाले १० लाख ५५ हजार मत ल्याएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १४ सिट जित्दा २ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा कांग्रेसले ३ लाख ५० हजार मत ल्याएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेले ७ सिट जित्दा ४ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा एमालेले २ लाख ७८ हजार मत ल्याएको छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ६ सिट जित्दा १ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा नेकपाले १ लाख २३ हजार मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । समानुपातिकमा राप्रपाले ७५ हजार मत ल्याएको छ ।

स्वतन्त्र उम्मेद्वार महावीर पुनले जीत हासिल गर्नुभएको छ ।

श्रम संस्कृति पार्टी मतगणना भइरहेका तीन स्थानमा अगाडि छ । समानुपातिकमा श्रम संस्कृति पार्टीले ४४ हजार मत ल्याएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments