विराटचोकः दैलेख क्षेत्र नम्बर २ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल दोस्रो प्रयासमा प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।
१३ हजार ८८९ मत ल्याएर विजयी भएका पोखरेल अघिल्लो निर्वाचनमा १६७ मतान्तरले पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही २० हजार १८३ मत ल्याएर विजयी हुँदा पोखरेलले २० हजार १६ मत ल्याउनुभएको थियो ।
यस पटक विजयी भएका पोखरेलले कांग्रेसका तिनै शाहीलाई ४ हजार ३०० भन्दा बढी मतान्तरले पराजित गर्नुभएको हो । शाहीले ९ हजार ५५२ मत ल्याउनुभएको छ । रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिष्ट पार्टीका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत ल्याउनुभएको थियो ।
अन्य उम्मेद्वारले ३७० भन्दा कम मत ल्याउनुभएको थियो ।







