विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट जुम्लामा राप्रपा उम्मेद्वार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) दोस्रो पटक विजयी हुनुभएको छ ।
शाहीले १४ हजार ८१६ मत प्राप्त गरी विजयी हुनुभएको हो । अघिल्लो निर्वाचनमा शाही २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएको थियो ।
शाहीका निकटतम प्रतिष्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत पाउनुभएको छ ।
नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८, रास्वपाकी विनिता कठायतले ४२१ र नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले ४०० मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारले ११५ भन्दा कम मत ल्याउनुभएको छ ।
राप्रपाको यो पहिलो जीत हो ।
यो समाचार तयार पार्दासम्म राप्रपाले अरु कुनै पनि क्षेत्रमा अग्रता लिएको छैन ।







