विराटचोकः प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनमा चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा फराकिलो मतान्तरले रास्वपाका बालेन्द्र शाह विजयी हुुनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै शाह विजयी हुनुभएको हो । शाहले ६८ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी एमालेका ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको छ । शाहले हालसम्मको नतिजामा सबैभन्दा बढी मत ल्याउनुका साथै सबैभन्दा फराकिलो मतान्तरले प्रतिष्पर्धीलाई पराजित गर्नुभएको हो ।
श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१, राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५३६, नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले १ हजार ४६१ मत ल्याउनुभको छ ।
अरु उम्मेद्वारले ३०० भन्दा कम मत ल्याउनुभएको छ ।
बालेनले चार पटक प्रधानमन्त्री, सात पटक सांसद, तीन पटक पार्टीको अध्यक्ष बनेका केपी शर्मा ओलीलाई एमालेको गढ झापामै पुगेर पराजित गरेका हुन् ।







