Saturday, March 7, 2026
Homeराजनीतिअघिल्लो पटकको भन्दा झण्डै १२ हजार बढी मत ल्याएर ललितपुर–३ मा रास्वपाकी...

अघिल्लो पटकको भन्दा झण्डै १२ हजार बढी मत ल्याएर ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्कीको दोस्रो जीत

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेद्वार तोसिमा कार्की दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले अघिल्लो पटकभन्दा झण्डै १२ हजार बढी मत ल्याउनुभएको हो ।

यस पटक ४३ हजार ९६ मत ल्याएर विजयी भएकी कार्की गत निर्वाचनमा ३१ हजार १३६ मत ल्याएर विजयी हुनुभएको थियो ।

कार्कीका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याउनुभयो ।

नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत, राप्रपाका सबिनकुमार खड्काले २ हजार ३७ मत, श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत र उज्यालो नेपाल पार्टीका विजय पन्तले १ हजार ३२० मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले २०० भन्दा कम मत ल्याउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments