Saturday, March 7, 2026
Homeराजनीतिमोरङ ६ मा चार गुणा बढी मतसहित कांग्रेसका डा. शेखर कोइरालालाई हराउँदै...

मोरङ ६ मा चार गुणा बढी मतसहित कांग्रेसका डा. शेखर कोइरालालाई हराउँदै रास्वपाकी रुबिना आचार्य निर्वाचित

विराटचोकः मोरङ क्षेत्र नम्बर ६ मा निकटतम प्रतिष्पर्धीको भन्दा चार गुणा बढी मतसहित रास्वपाकी रुबिना आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्यले ५५५१३ मत ल्याउँदा गत निर्वाचनका विजेता कांग्रेसका डा. शेखर कोइरालाले १२८५० मत ल्याउनुभएको छ । कोइराला २०७९ सालको निर्वाचनमा ३५२२४ मत ल्याएर विजयी हुनुभएको थियो ।

नेकपा एमालेका विनोदप्रसाद ढकालले ८३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३४००, राष्ट्रिय प्रजातन्त्र पार्टीका सबिन निरौलाले २०९२ र नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्रकुमार रायले १७१६ मत ल्याउनुभएको छ ।

अन्य उम्मेद्वारले ५०० भन्दा कम मत ल्याउनुभएको छ ।

कांग्रेस निर्वाचित भएको मोरङ ६ मा २०७९ को निर्वाचनमा यस्तो थियो अन्तिम परिणाम

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments