विराटचोकः हिजो सम्पन्न प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत कालीकोट जिल्लाको मतगणना सम्पन्न भएको छ । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही ११३३८ मत ल्याएर विजयी हुनुभएको हो । प्रमुख प्रतिष्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १०३५२ मत ल्याउनुभएको छ ।
कालीकोटमा नेपाली कांग्रेसका हर्षबहादुर बमले ७१३३, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका खड्गबहादुर विश्वकर्माले ४५९९ र रास्वपाका प्रकाश न्यौपानेले २९३७ मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारमा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६ मत, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १६१, स्वतन्त्र उम्मेद्वार अस्मिनकुमार बिष्टले ६४ र अर्का स्वतन्त्र उम्मेद्वार मानबहादुर तिरुवाले ६ मत ल्याउनुभएको छ ।







