विराटचोकः प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सो क्षेत्रबाट रास्वपाका राजुनाथ पाण्डे विजयी हुनुभएको छ । पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्नुभएको हो ।
विजयी पाण्डेले १८७५७ मत ल्याउँदा मुख्य प्रतिष्पर्धी घिसिङले १११७१ मत ल्याउनुभएको थियो । नेपाली कांग्रेसका रमेश अर्यालले ५१३० र नेकपा एमालेका रामेश्वर फुयालले २५३३ मत ल्याउनुभएको छ ।
बाँकी उम्मेद्वारले ६९१ देखि १ मतसम्म पाउनुभएको छ ।







