विराटचोकः हिजो सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार रामेछापमा उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले अग्रता लिनुभएको छ ।
योञ्जनले ७४० मतसहित अग्रता लिनुभएको हो । दोस्रो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले ३९६, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १४१, नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले ९५ र रास्वपाका कृष्णहरि बुढाथोकीले ६३ मत ल्याउनुभएको छ ।







