Saturday, March 7, 2026
Homeराजनीतिझण्डै तीन गुणा बढी मत ल्याएर नेकपाका संयोजक पुष्पकमल दाहाल विजयी

झण्डै तीन गुणा बढी मत ल्याएर नेकपाका संयोजक पुष्पकमल दाहाल विजयी

विराटचोकः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल निकटतम प्रतिद्वन्द्वीको भन्दा तेब्बर बढी मत ल्याई रुकुम पूर्व १ बाट विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार दाहालले १०२४० मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमले ३४६२ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत ल्याउनुभएको छ ।

रास्वपाका लखनकुमार थापाले ७१२, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले १८६, राप्रपाका रोशण शाहले ७३ र मंगोल नेशनल अर्गनाइजेशनकी ज्योति रोकमगरले ५४ मत ल्याउनुभएको छ ।

नेशनल रिपब्लिक नेपालका धर्मकुमार बुढाले ४८, नेपाल कम्युनिष्ट पार्टी माओवादीका जुद्धबहादुर बुढामगरले ४०, राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसाद शाहीले २९ र जनता समाजवादी पार्टीका शिरबहादुर बुढाले ५ मत ल्याउनुभएको छ ।

जारी मतगणनमा नेपाली कम्युनिष्ट पार्टीले ८ स्थानमा अग्रता लिइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments