काठमाडौंः रास्वपाका उम्मेद्वारले तेस्रो जीत काठमाडौं ८ बाट निकालेका छन् । यसअघि रास्वपाले काठमाडौं १ र ६ मा जीत हासिल गरिसकेको छ । नेपाली कांग्रेसले मुस्ताङबाट जीत हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४५९२ मत ल्याएर विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३२१७ मत ल्याउनुभएको छ । गत निर्वाचनमा पनि श्रेष्ठ १०११२ मत ल्याएर विजयी हुँदा सायमीले ६१७९ मत ल्याउनुभएको थियो
अहिलेको निर्वाचनमा नेपाली कांग्रेसकी सपना राजभण्डारी २८३५ मतका साथ तेस्रो स्थानमा रहँदा नेकपा एमालेका राजेश शाक्यले १९०९ मत ल्याउनुभएको छ । राप्रपाका नवीन शाहीले पनि १९०९ मत ल्याउनुभएको छ । उज्यालो नेपाल पार्टीका राजन खड्गीले १०३३ मत ल्याउनुभएको छ ।







