काठमाडौंः प्रतिनिधि सभा सदस्यका लागि हिजो भएको निर्वाचनको काठमाडौं क्षेत्र नम्बर ६ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार रास्वपाका शिशिर खनाल २७७१९ मत ल्याएर विजयी हुनुभएको छ ।
गत निर्वाचनमा पनि खनाल १४२२१ मत ल्याएर विजयी हुनुभएको थियो ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानिया क्षेत्रीले ६६४७, नेकपा एमालेका अमनकुमार मास्केले ४३७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धवराज भेटुवालले १२०० मत प्राप्त गर्नुभएको छ ।







