विराटचोकः प्रतिनिधिसभा सदस्यका लागि हिजो भएको निर्वाचनको जारी मतगणनामा रास्वपा १०० क्षेत्रमा अगाडि रहेको छ भने एक स्थानमा जीत हासिल गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेसले १२ स्थानमा अग्रता लिएको छ भने एक स्थानमा जीत हासिल गरेको छ । बाँकी दलले जीत निकाल्न सकेका छैनन् ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेद्वारले १० स्थानमा अग्रता लिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारले पनि १० स्थानमा अग्रता लिएका छन् ।
श्रम संस्कृति पार्टीका उम्मेद्वारले २, राप्रपाले १, जनता समाजवादी पार्टीले १, प्रगतिशील लोकतान्त्रिक पार्टीले १ र स्वतन्त्र उम्मेद्वारले १ स्थानमा अग्रता लिएका छन् ।







