धरानः सुनसरी– १ को प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार गोमा तामाङ ४६१ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले १५४ मत ल्याउँदा नेपाली कांग्रेसका सुजेन्द्र गोलेले १०७ मत र राप्रपाका उद्धव श्रेष्ठले ९५ मत ल्याउनुभएको छ ।
नेकपाका सूर्यबहादुर भट्टराईले ४१ मत, एमालेका टीकाराम लिम्बूले २० मत ल्याउनुभएको छ । सुनसरी १ मा ८७ हजार ५७६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।







