विराटनगरः मोरङ क्षेत्र नम्बर ६ मा पनि रास्वपाकी उम्मेद्वार रुबिना आचार्यले अग्रता लिनुभएको छ ।
प्रारम्भिक मतगणनामा आचार्यले ३४२३ मत ल्याउँदा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७२८, नेकपा एमालेका विनोद ढकालले ६२७ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले ६०४ मत ल्याउनुभएको छ ।
मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ भने बाँकी ५ वटा क्षेत्रमा रास्वपाले अग्रता लिएको छ ।







