विराटचोकः म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुन मतगणनमा अगाडि आएका छन् । प्रारम्भिक मतगणनामा दोस्रो स्थानमा रहेका पुन अहिले अग्रस्थानमा आएका हुन् ।
निर्वाचन आयोगका अनुसार पुनले ९६६ मत ल्याउँदा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ५, नेपाल कम्युनिष्ट पार्टीका क्षेत्रबहादुर घिमिरेले १ र श्रम संस्कृति पार्टीका विनोद रानाले १ मत ल्याएका छन् ।







