काठमाडौंः हिजो भएको प्रतिनिधि सभा निर्वाचनको पहिलो मतपरिणाम आज सार्वजनिक भएको छ । काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की उम्मेद्वार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।
६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी रहँदा अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतका साथ तेस्रो हुनुभएको छ ।
एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत मत पाएका छन् ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह ७१४३ मतका साथ विजयी हुँदा राप्रपाका रवीन्द्र मिश्रले ७०१८ र रास्वपाका पुकार बमले ४११५ मत ल्याएका थिए ।








