Friday, March 6, 2026
Homeराजनीतिम्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुरलाई पछ्याउँदै महावीर पुन

म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुरलाई पछ्याउँदै महावीर पुन

विराटचोकः हिजो सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा म्याग्दीमा खसेको मत गणना गर्न शुरु भएको छ । प्रारम्भिक गणनमा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले २०१ मत ल्याएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार महावीर पुनले ६१ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३७ मत, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत, रास्वपाका युवराज रोकाले ५ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादीका क्षेत्रबहादुर घिमिरेले १ मत र श्रम संस्कृति पार्टीका विनोद रानाले १ मत ल्याएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments