विराटचोकः आज भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ ।
मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ । मोरङका ८८८ वटा मतदान केन्द्रहरूमा भएको मतदानमा ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले मतदान गरेका थिए ।
२ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्य लिङ्गी मतदाताले आज मतदान गरेका छन् ।
मोरङका ६ निर्वाचन क्षेत्रमध्ये मोरङ क्षेत्र नं. ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मत खसेको छ । सबैभन्दा कम ६०.३६ प्रतिशत मात्र मत क्षेत्र नम्बर १ मा खसेको छ ।
क्षेत्र नं. १ मा ६०.३६ प्रतिशत अर्थात् ७७ हजार ५८५ जनाले मतदान गरेका छन् । यस्तै क्षेत्र नं. २ मा ६२.९७ प्रतिशत अर्थात् ८१ हजार ३४५, क्षेत्र नम्बर ३ मा ६१.१७ प्रतिशत अर्थात् ९६ हजार ६७७ मत, क्षेत्र नम्बर ४ मा ६७.१५ प्रतिशत अर्थात् ८० हजार ८४ मत खसेको छ । क्षेत्र नम्बर ५ मा ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत र क्षेत्र नं. ६ मा ६६.२३ प्रतिशत अर्थात् ९१ हजार २९२ मत खसेको छ ।







