गोठगाउँः मोरङ जिल्लाको क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा रहेको पञ्चायत मावि मतदान केन्द्रबाट किरियापुत्री दम्पत्तिले मतदान गरेका छन् ।
सुन्दरहरैंचा–७ गोठगाउँ निवासी जितेन्द्र कार्की र उहाँकी श्रीमती रीता कार्कीले पञ्चायत मावि मतदान केन्द्रबाट दिउँसो सवा ३ बजे मतदान गर्नुभएको हो ।
कार्कीकी आमाको फागुन १९ गते राति निधन भएको थियो ।







