विराटचोकः देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दोलखाको तामाकोशी गाउँपालिका–४ गोलेश्वर मतदानस्थलमा भने विवाद समाधानपछि अन्यत्र मतदान सकिने बेलामा मतदान शुरु भएको छ ।
सो मतदान केन्द्रबाट ५४ थान मतपत्र लुटिएपछि रोकिएको मतदान भर्खर शुुरू भएको हो । सर्वदलीय सहमतिपछि मतदान शुरु भएको हो ।
मतदानस्थलबाट ५४ वटा मतपत्र लुटिएका थिए । निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ती मतपत्र लुटिएपछि त्यहाँ मतदान रोकिएको थियो । लुटिएका मतपत्रमध्ये ४५ वटा फेला परेका छन् । त्यसबाहेक फेला नपरेका मतपत्रलाई मान्य नगर्ने गरी सहमति भएपछि मतदान पुनः शुरु भएको हो ।
सो मतदानस्थलमा कर्मचारीमाथि समेत हातपात भएको थियो । कर्मचारीमाथि हातपात भएपछि प्रहरीले हवाइफायर पनि गरेको थियो ।







