काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ ६ बजे दिने भएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराइने बताए ।
बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । ५ बजेसम्म लाइन बसेका मतादाताले ५ बजेपछि पनि मतदान गर्न पाउनेछन् ।







