विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँ बढेको हो । चाँदीको भाउ भने तोलामा २०५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख २८ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।







