Tuesday, March 3, 2026
Homeराजनीतिमोरङमा ६ स्थानमा मतगणना हुने

मोरङमा ६ स्थानमा मतगणना हुने

विराटचोकः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना सम्बन्धित निर्वाचन क्षेत्रमै हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना अलग–अलग स्थानमा हुने भएको छ । यसअघि मोरङका ४, ५ र ६ को आदर्श मावि र अन्य क्षेत्रको सम्बन्धित क्षेत्रमा मतगणना हुँदै आएको थियो ।

प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालका अनुसार यस पटक मोरङ क्षेत्र नं. १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुने भएको छ ।

क्षेत्र नम्बर २ को मतगणना विश्वनाथ मन्दिर सिँजुवामा, क्षेत्र नम्बर ३ को मतगणना भगवती मावि बेलबारीमा र क्षेत्र नम्बर ४ को मतगणना जनता नमुना मावि विराटनगरमा हुने भएको छ ।

त्यस्तै, क्षेत्र नम्बर ५ को मतगणना सुनसरी–मोरङ सिंचाइ आयोजनाको कार्यालयमा र क्षेत्र नम्बर ६ को मतगणना आदर्श माविमा हुने भएको छ ।

जिल्लामा ३०६ मतदान स्थलमा ८८८ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments