विराटचोकः बुक बिल्डिङ विधिबाट खुलेको पहिलो आईपीओ रिलायन्स स्पिनिङ मिल्सको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘आरएसएमएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
सो कम्पनीको १ करोड ९० लाख कित्ता शेयर सूचीकरण हुँदा सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको १०.१४ प्रतिशत सेयर अर्थात् १९ लाख २६ हजार ६०० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ८९.८६ प्रतिशत सेयर अर्थात् १ करोड ७० लाख ७३ हजार ४०० कित्ता रहेको छ ।
नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । यद्यपि सो आईपीओ सर्वसाधारणले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसामा र योग्य संस्थागत लगानीकर्ताले न्यूनतम ९१० रुपैयाँमा सो शेयर खरीद गरेका थिए ।
सूचीकृत भएको भोलिपल्टदेखि कारोबारमा आउने हुनाले फागुन ४ गतेदेखि सो आईपीओ किनबेच गर्न मिल्नेछ ।
रिलायन्स स्पिनिङ मिल्सको आईपीओको बिक्री आजदेखि
पुस ७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ मिल्स
वैदेशिक रोजगारीमा रहेकाहरूका लागि रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ बिक्री गर्ने
धितोपत्र बोर्डले परमादेशको पालना गर्दै रिलायन्सलाई दियो आईपीओ निस्कासनको अनुमति
रिलायन्सको आईपीओ बिक्रीको विषय अदालतबाट निर्णय हुने
धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आइपीओ
प्रिमियम मूल्यमा निष्कासन भएको र बुक बिल्डिङको पहिलो कारोबार निस्कासन भएको मूल्य जति नै







