Tuesday, December 24, 2024
Homeपर्यटनमुस्ताङ घुम्न जाने बाह्य पर्यटकको सङ्ख्या बढ्दै

मुस्ताङ घुम्न जाने बाह्य पर्यटकको सङ्ख्या बढ्दै

मुस्ताङः हिमाली जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार बाह्य पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।

एक्यापका अनुसार सन् २०२२ को तुलनामा २४ हजार ४२५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । ‘राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचार र सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको हो । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति ३ हजार शुल्क तोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments