सुन्दरहरैंचाः नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा वडा नम्बर ७ को वडा कमिटी पुनर्गठन गरिएको छ । पुनर्गठित समितिमा दोस्रो कार्यकालका लागि पनि पुनः मिलन लुइँटेल नै अध्यक्ष चयन भएका छन् ।
शनिबार भएको वडा कमिटीको दोस्रो अधिवेशनले लुइँटेलको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मातृका चौलागाईँ, सचिवमा प्रमोद घतानी, कोषाध्यक्षमा सरिता बस्नेत र सहसचिवमा आशिष लिम्बू चयन भएका छन् ।