Wednesday, October 28, 2026
Homeपर्यटनकेराबारीमा सिद्धिपुर हाइल्याण्ड परियोजनासम्बन्धी छलफल

केराबारीमा सिद्धिपुर हाइल्याण्ड परियोजनासम्बन्धी छलफल

केराबारीः मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा बसेको बैठकमा केराबारी गाउँपालिका वडा नं २ स्थित सिद्धिपुरमा कृषि, पर्यटन तथा साँस्कृतिक सहितको व्यवसायिक क्रियाकलाप समावेश गरिएको सिद्धिपुर हाईल्याण्ड परियोजना सम्बन्धी छलफल सम्पन्न भएको छ ।

कात्तिक ९ गते भएको छलफल कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरे रहनुभएको थियो ।

कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, जनप्रतिनिधिहरू, सम्बन्धित शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सिद्धिपुर हाईल्याण्ड परियोजना सम्बन्धी प्रस्ताव यसअघि नै कोशी प्रदेश, लगानी प्राधिकरणमा समेत पेश भएको छ । परियोजना सार्वजनिक–निजी साझेदारी अन्तर्गतको मोडेलमा सञ्चालन हुने पालिकाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments