Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिपर्यटनमन्त्री सुदन किरातीविरुद्ध जाहेरी

पर्यटनमन्त्री सुदन किरातीविरुद्ध जाहेरी

काठमाडौंः धार्मिक भावनामा आँच पुर्याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

उनी विरुद्ध काठमाडौंका ध्रुवराज लुइँटेलले हुलाकमार्फत् जाहेरी दर्ता गरेका हुन् । किरातीले पुस ४ गतेको एक कार्यक्रममा क्रिश्चियन धर्म मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिनेछ भन्ने अभिव्यक्ति दिएका थिए ।

मन्त्रीले धर्म प्रचारकजस्तो भई अन्य वैदिक सनातनीको धार्मिक भावनामा आघात पुर्याएको जाहेरीमा उल्लेख छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments