लेटाङः लेटाङ रन २०८२ अन्तर्गत खुला पुरुषतर्फको दौड प्रतियोगितामा अफ्रिकी महादेश केन्याका धावक जुलियस मुरियुकी वाहोमे विजेता बनेका छन् । उनले ३० मिनेट ५५ सेकेण्डमा निर्धारित १० किलोमिटर दूरी पूरा गरेका थिए ।
खुला महिलातर्फ भने नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरीे निर्धारित १० किलोमिटर दूरी ३७ मिनेट ३२ सेकेण्डमा पूरा गरी पहिलो भएकी छिन् ।
यस्तो छ पुरुष खुलातर्फको नतिजाः
प्रथमः जुलियस मुरियुकी वाहोमे (केन्या) ३० मिनेट ५५ सेकेण्ड
दोस्रोः नागेश्वर अहिर (काठमाडौं) – समयः ३१ः०२ः००
तेस्रोः हरि रिमाल (दमक) – समयः ३१ः०८ः००
चौथोः बिक्रम लिम्बू (लेटाङ–३) – समयः ३१ः०९ः००
पाँचौँः राजेन्द्र लिम्बू (इलाम) – समयः ३१ः२९ः००
खुला महिलातर्फः
प्रथमः सुमित्राकुमारी चौधरी (नेपाल पुलिस, काठमाडौं)– समयः ३७ः३२
दोस्रोः पुष्पा लिम्बू (दमक) – समयः ३९ः४६ः००
तेस्रोः दीपा बस्नेत (खोटाङ) – समयः ४२ः१२ः००
चौथोः मन्दिरा महत्रा (उर्लाबारी) – समयः ४४ः०८ः००
पाँचौँः निक्की नेम्बाङ (धरान) – समयः ४७ः१०ः००
प्रतियोगितामा खुला पुरुष र महिला दुवैतर्फ प्रथम हुनेले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले ८ हजार, चौथोले १ हजार र पाँचौँले १ हजार नगद पुरस्कार पाएका छन् ।
विजेता खेलाडीहरुलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले पुरस्कार प्रदान गर्नुभएको थियो ।
विभिन्न विधामा रहेर लेटाङ रन आयोजना गरिएको थियो ।
लेटाङ रन २०८२ मा हाम्रो लेटाङ विधामा विनोद राई र स्मृति राई पहिलो
लेटाङ रन २०८२ मा कक्षा ८ मुनिको दौडमा रोहन र करुणा पहिलो
लेटाङ रन–२०८२ मा भेट्रानतर्फ रेशम लिम्बू र जमुना लिम्बू पहिलो







