लेटाङः लेटाङ नगरपालिकामा हिजो आयोजित तेस्रो लेटाङ रन–२०८२ अन्तर्गत भेट्रान तर्फको १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ इटहरीका रेशम लिम्बू र महिलातर्फ धरानकी जमुना लिम्बू पहिलो भएका छन् ।
रेशमले ३७ मिनेट ३७.४७ सेकेण्डमा र जमुनाले ५० मिनेट १ः६१ सेकेण्डमा दौड पूरा गरेका हुन् ।
दुवै विधातर्फ पहिलो हुनेले नगद १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार पुरस्कार पाएका छन् । विजेताहरुलाई पूर्वमन्त्री डिबहादुर लिम्बू र पूर्वसांसद घनश्याम खतिवडाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यस्तो रह्यो १० किलोमिटर दौडको नतिजा
भेट्रान पुरुषतर्फ
१. रेशम लिम्बू (इटहरी–९) – ३७ मिनेट ३७.४७ सेकेन्ड
२. विजयकुमार राई (धरान) – ३७ मिनेट ३८.३५ सेकेन्ड
३. अभिननारायण अधिकारी (इलाम) – ३९ मिनेट २३.८६ सेकेन्ड
भेट्रान महिलातर्फ
१. जमुना लिम्बू (धरान) – ५० मिनेट ०१.६१ सेकेन्ड
२. कुसुम लिम्बू (धरान) – ५५ मिनेट ३२.७७ सेकेन्ड
३. कौशल्या तामाङ (धरान) – ५८ मिनेट ४२.८० सेकेन्ड
प्रतियोगितामा विभिन्न विधामा दौड भएका थिए ।







